बर्दिया –  बर्दिया जिल्लाको बढैयाताल गाउपालिका वडा नं ८ कण्ठपुर स्थित नेपाल-भारत सिमा नाका बाटोबाट ३ जना लागू औषध ब्राउनसुगर कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


नेपाल-भारत सिमा नाकामा लागू औषध ब्राउनसुगरको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाबाट प्रहरी निरिक्षक धर्मराज जोशीको कमाण्डमा खटिएको प्रहरी टोलीले ३ जना लागू औषध ब्राउनसुगर कारोबारीलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


उक्त स्थानमा खटी गई देश भारतको  बहराईच थाना मोतीपुर ग्राम बरथनवा गाउँ शिवरात्रीपुर बस्ने २५ बर्षकी सबिना साई र   २६ बर्षको सद्दाम साई र  काठमाण्डौ महानगरपालिका वडा नं ७ बस्ने ४७ बर्षको सुमन केसीलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका व्यक्तिहरुबाट लागू औषध ब्राउनसुगर ६८ ग्राम १३० मिलि ग्राम फेला परेको प्रहरीले बताएको छ । उनीहरुलाई लागू औषध ब्राउनसुगर मुद्दामा जिल्ला अदालत गुलरिया बर्दियाबाट म्याद थप गरी थप अनुसन्धान भईरहको छ ।