काठमाडौं – अभिनेत्री करिश्मा मानन्धर नेकपा (एमाले) पार्टी प्रवेश गर्ने भएकी छन् । तत्कालीन बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमासमेत केहि समय काम गरेकी अभिनेत्री  मानन्धर पार्टीमा सक्रिय हुन सकिनन् । त्यसपछि मानन्धर माध्यमिक तहको पढाइमा सक्रिय भइन् ।


ADVERTISEMENT


बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा टिक्न नसकेकी अभिनेत्री  मानन्धर अब भने एमाले पार्टी प्रवेश गर्ने भएकी हुन् । उनी एमाले अध्यक्ष केपी शर्मा ओलीबाट रुचाइएको कारण पार्टी प्रवेश गर्न लागेको हल्ला चलेको छ । बाबुरामसँग टिक्न नसकेकी मानन्धर ओलीसँग कति समय टिक्ने हुन् त्यो त हेर्न बाँकी नै छ ।


ADVERTISEMENT

# # #


पार्टी प्रवेशको लागि मंगलबार दिउँसो १ बजे काठमाडौंस्थित एमाले मुख्यालयमा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

यता आजै पूर्व मन्त्री प्रेमबहादुर सिंह पनि एमाले पार्टी प्रवेश गर्ने भएका छन् । पूर्व मन्त्री  सिंह र अभिनेत्री मानन्धर लगायतलाई  अध्यक्ष ओलीको उपस्थितिमा पार्टी प्रवेश गराउन लागिएको हो ।

रिजालका अनुसार पूर्व मन्त्री सिंह अध्यक्ष रहेको समाजवादी जनता पार्टी नै एमालेमा समाहित हुन लागेको हो ।