काठमाडौं – जगदम्बा मोटर्सले यो नयाँ वर्षमा पनि हरेक नयाँ वर्ष झै आकर्षक योजना ल्याएको छ । कम्पनीले ‘आयो, पायो, पर्यो, सोर्यो नामक नयाँ योजना ल्याएको हो । स्कुटर तथा मोटरसाइकल नकिने पनि टीभीएस नेपालको सामाजिक सञ्जालमा भाग लिएर हरेक हप्ता ५० हजार जित्ने मौका योजनामा मिल्ने कम्पनीले जनाएको छ ।


ADVERTISEMENT


टीभीएसको स्कुटर तथा मोटरसाइकलको खरिदमा ग्राहकले १ लाख सम्मको भारी छुट पाउने साथै बम्परमा किने पनि नकिने पनि टीभीएस नेपालको सामाजिक सञ्जालमा भाग लिएर ३ जना भाग्यशाली विजेताले अपाचे आरआर ३१० जित्ने मैका पाउनेछन् । कम्पनीका अनुसार हरेक खरिदमा ग्राहकले शून्य प्रतिशत ब्याजदर र एक्सचेन्जमा मासिक ५ हजार ९९९ रुपैयाँ तिर्नेगरी टीभीएस चढ्न पाउनेछन् ।


ADVERTISEMENT

# # #


टीभीएसले नेपाली बजारमा आफ्नो मोटरसाइकल तथा स्कुटर अन्तर्गत विभिन्न मोडलहरूको बिक्री गरिरहेको छ । टीभीएसले हरेक मोडेलमा ५ वर्षको वारेन्टीका साथै बिक्री पछि जेन्युन पार्टसको सुविधा दिँदै आएको छ। अत्याधुनिक फिचर भएको टीभीएसको एनटर्क, अपाचे सिरिज र रेडरले नेपाली बजार मा आफ्नो छाप छोडेको छन् ।

नयाँ वर्षको योजनालाई सार्वजनिक गर्दै जगदम्बा मोटर्सका सीईओ दीपक अग्रवालले टीभीएसलाई नेपाली ग्राहकहरूले रुचाएको र अहिले टीभीएसको बजारमा माग बढेको हुनाले खुशी व्यक्त गर्दै यस नयाँ वर्षको योजनाले ग्राहकलाई मध्यनजर राखेर टीभीएसले बिक्रिलाई नयाँ उचाईमा पुराउने उद्देश्य हो भनेर ब्यक्त गरे ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एक मात्र आधिकारिक वितरक हो । नेपालभर १४५ भन्दा बढी डिलरहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरूको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ ।

गुणस्तरीय उत्पादनहरू, बिक्रीपश्चात्को व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरूको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दा रुचाइएको टू–ह्वीलर ब्रान्ड बनेको छ ।