इटहरी – मधेसी जनअधिकार फोरमबाट नेपाली कांग्रेसमा प्रवेश गरेका विजय गच्छदारलाई यसपालि आफ्नै क्षेत्रमा बिरासत जोगाउन कठिन देखिएको छ।


ADVERTISEMENT


दोस्रो संविधानसभा निर्वाचनमा गारै मतान्तरले पराजित भएकी नेकपा एमालेकी भगवती चौधरीलाई यस पटकपनि प्रमुख प्रतिस्पर्धीका पाएका गच्छदार विजयी यात्रामा लम्किन ठूलो चुनौति पार गर्नु पर्ने देखिन्छ । बामगठबन्धनबाट सर्वसम्मत प्रतिनिधिसभा निर्वाचनमा उठेकी चौधरीलाई महिलाकै भोटबाट पनि बिजय सुनिश्चित देखेपछि गच्छदारलाई आफ्नो चार दशक लामो बिरासत जोगाउन कठिन देखिएको छ ।


ADVERTISEMENT

# # #


०४८ साल यता १२ पटक बढि मन्त्री बनेका गच्छदारले सत्तामा रहँदा आफ्नै क्षेत्रका लागि कुनै गतिलो काम नगरेपछि त्यसकै फाइदा लिँदै यसपटक चौधरीले आफ्नो पक्षमा जनमत निर्माण गरिरहेकी छन्।

चौधरीको महिला शसक्तिकरण र लघुबित्त कार्यक्रमबाट गाउँगाउँका २७ हजार बढि महिला लाभान्वित भईरहेको अवस्थामा निर्वाचनको संघारमा आफैंले स्थापना गरेको फोरम लोकतान्त्रिक परित्याग गरी गच्छदार आफ्नो बिरासत जोगाउनकै लागि भनेर कांग्रेसमा फर्किएका छन। उनी पुनः कांग्रेसमा फर्किएपछि कतिपय पुराना कांग्रेसीहरु पार्टी पंतीबाटै रुष्ट छन् भने, फोरमलाई धोका दिएको भन्दै कतिपय फोरमका सहकर्मीहरु गच्छदारलाई ‘गद्दार’ को संज्ञा दिँदै हराउन लागि परेका छन्।

यता महिला नेतृ चौधरीलाई भने, कांग्रेस र फोरम भित्रको आन्तरिक बिवादले प्रत्यक्ष फाइदा पुग्ने देखिएको छ। देशभर बाम गठबन्धनको सकारात्मक छाप परिरहेको बेला यो क्षेत्रमा पनि बाम गठबन्धनबाट सर्वसम्मत प्रतिनिधिसभा उम्मेद्वार बन्न सफल चौधरीको बहुमतले जित सुनिश्चित देखिएको छ।

स्थानीय स्तरमा छरिएर रहेका साना पुँजिलाई महिलामार्फत समुदायमा लघुवित्त कार्यक्रमबाट लगानी गर्दै उनीहरुको जीवनस्तर उकास्न गरेको प्रयासलाई सम्झँदै यसपटक सुनसरी ३का अधिकांश महिला चौधरीको पक्षमा मतदान गर्ने मनस्थितिमा पुगेका छन्। ३ नं। क्षेत्रको कूल मतदाताको करिब ४५प्रतिशत बढि मतदाता महिला रहेकोले उनलाई अधिकांश महिलाले भोट दिने आंकलन गरिएको छ। बिगतमा १२ पटकभन्दा बढि सरकारमा गएका गच्छदारले सुनसरी ३ को विकासका लागि केहि गर्न नसकेकोले सुनसरी ३ का जनता परिवर्तनको पक्षमा रहेको नेकपा एमालेकी बैकल्पिक केन्द्रीय सदस्य समेत रहेकी चौधरी भन्छिन्।

०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा आफुलाई राज्य संयन्त्र नै लागेर हराएको भन्दै चौधरी यसपटक आफ्नो जित सुनिश्चित भएको दाबी गर्छिन्। ‘चौधरीले आफ्नो निर्वाचन क्षेत्रका जनतालाई सबै थाहा भएको र आँफुलाई ०७० सालमा कसरी हराईयो त्यो पनि जनतालाई थाहा भएको बताईन। उनले यसपटक गच्छदारलाई दशौं हज्जार भोटले हराउने बताउछिन।

उनले चुनाबका बेला आएर घरघरमा रक्सी र पैसा बाँडेर भोट किन्ने गच्छदारको योजना यसपटक असफल हुने दाबी गर्दै कहिले कता कहिले कता छेपारोको जस्तो रंग बदलिइरहने सिद्धान्त र नैतिकता बिहिन ब्यक्तिलाई जनताले चिनिसकेको बताईन।