अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु भएको छ।

भूमिकास्थान नगरपालिका–२ मा लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भूमिकास्थान नगरपालिका–८ का अन्दाजी ६२ वर्षीय देवीराम आचार्य र उनका २३ वर्षीय छोराको घटनास्थलमै मृत्यु भएको हो।


ADVERTISEMENT

# #


जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिवस जिसीले दुर्घटनामा बाबु–छोराको मृत्यु भएको जानकारी दिए।

दुर्घटनाको खबर प्राप्त भएपछि डीएसपी जिसीको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ। दुर्घटना कसरी भयो भन्ने विषयमा भने प्रहरीले विस्तृत विवरण सार्वजनिक गरेको छैन।


ADVERTISEMENT

#
#