काठमाडौँ – निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि करिव २ करोड मतपत्र छापिने जनाएको छ ।


ADVERTISEMENT


निर्वाचन आयोगमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले कुल मतदाता भन्दा १० प्रतिशत बढी अर्थात करिव २ करोड मतपत्र छापिने जानकारी दिए । त्यस्तै आयोगले मतदाता नामावली, मतदाता परिचय पत्र, निर्वाचनसँग सम्बन्धित निर्देशिकालगायतका सामग्री छपाईका लागि विभिन्न ६ वटा प्याकेको बोलपत्र स्वीकृत गरी आपूर्तीकर्तासँग सम्झौता गर्न पत्राचार गरिएको जनाएको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै सहप्रवक्ता अर्यालले निर्वाचन आचारसंहितामा उम्मेद्वारले राजीनामा दिनुपर्ने बुँदामा अदालतको आदेश भएका त्यसबाहेकका अन्य आचारसंहिता लागू हुने जानकारी दिए । त्यस्तै उनले निर्वाचन आचारसंहिता कार्यान्वयनका सम्बन्धमा सरोकारवालासंगको अन्तक्र्रियात्मक कार्यक्रम सुरु भएको बताए ।

आयोगले राष्ट्रिय मान्यताप्राप्त दल बाहेकका ७३ राजनीतिक दलहरुलाई जिल्लास्तरको संगठन संरचनाको विवरण पेश गर्न भनिएकोमा प्राप्त विवरण रुजू तथा भिडान गर्ने काम भइरहेको जनाएको छ ।