काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन मतदाताहरुको भव्य सहभागीता र उल्लासमय वातावरणमा सम्पन्न भएकोमा खुशी व्यक्त गरेका छन् ।


ADVERTISEMENT


उनले नेपाली जनताको लामो वलिदानीपूर्ण संघर्षबाट प्राप्त नयाँ संविधान कार्यान्वयनको अन्तिम तथम निर्णायक चरण प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन महान् उत्सवको रुपमा सम्पन्न भएकोले आजको दिन ऐतिहासिक र गौरवपूर्ण रहेको पनि बताएका छन् ।


ADVERTISEMENT

# # #


उपराष्ट्रपति पुनले आइतबार एक विज्ञप्ति जारी गर्दै पहिलो चरणको निर्वाचनलाई महाउत्सवको रुपमा लिएर सहभागी भई आफ्नो सार्वभौम मताधिकार प्रयोग गर्नुहुने सम्पूर्ण मतदाताहरुमा बधाई तथा धन्यवाद ज्ञापन गरेका छन् । ‘निर्वाचन शान्तिपूर्ण एवम् ऐतिहासिक रुपमा सम्पन्न भएकोमा नेपाल सरकार, निर्वाचन आयोग, राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, सञ्चाकर्मी, पर्यवेक्षक र स्वयमसेवकलगायत सबैलाई धन्यवाद ज्ञापन गर्दछु ’, उपराष्ट्रपति पुनले भनेका छन् ।

उनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसँगै संविधान कार्यान्वयनले सुखद पूर्णता पाएपछि संघीयता संस्थागत भई देश समृद्धिको मार्गमा द्रुतगतिमा अगाडि बढ्नुका साथै लोकतन्त्र पनि सुदृढ् हुने विश्वास लिदै दोस्रो चरणको निर्वाचन पनि महाउत्सवकै रुपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् ।