काठमाडौँ – युवा क्रिकेटर रोहित कुमार पौडेल नेपालका लागि एकदिवसीय क्रिकेटमा शतक हान्ने दोस्रो खेलाडी बनेका छन् । रोहितले शुक्रबार पपुवा न्यूगिनीविरुद्ध शतक पूरा गरेका हुन् ।


ADVERTISEMENT


रोहितले ९१ बलमा १०० रन पूरा गरे । त्यसक्रममा उनले ७ चौका र २ छक्का ठोके । यसअघि नेपालका लागि एकदिवसीय क्रिकेटमा पारस खड्काले पहिले शतक हानेका थिए । उनले सन् २०१९ मा युएईमा घरेलू टोलीविरुद्ध उक्त इतिहास रचेका थिए ।


ADVERTISEMENT

# # #


यसँगै रोहित एकदिवसीय क्रिकेटमा शतक प्रहार गर्ने विश्वकै नवौँ कान्छा खेलाडी बनेका छन् । उनले १९ वर्ष २०४ दिनको उमेरमा यो उपलब्धी हासिल गरेका हुन् । साथै रोहित नेपालका लागि कुनै पनि फर्म्याटका खेलमा व्यक्तिगत उच्च स्कोर बनाउने खेलाडी बनेका छन् । उनले १२६ रन बनाएर आउट भएका छन् ।

यसअघि पारसले युएईविरुद्ध बनाएको व्यक्तिगत ११५ रन नेपालका लागि उच्च स्कोर थियो ।

एकदिवसीयमा शतक प्रहार गर्ने कान्छा खेलाडीको कीर्तिमा पाकिस्तानका शाहिद अफ्रिदीको नाममा रहेको छ । उनले सन् १९९६ मा श्रीलंकाविरुद्ध १६ वर्ष २१७ दिनको उमेरमा नै एकदिवसीयमा शतक हानेका थिए ।