पाल्पा – कामना सेवा विकास बैंकले मोबाइल एप मार्फत शाखारहित बैंकिङ सेवा सुरुवात गरेको छ । बैंकले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानमा सेवा विस्तार गर्ने क्रममा मिति २०७८ साल चैत्र ११ गतेबाट तानसेन – ९, दमकडा, पाल्पाको महिमा पुस्तक एण्ड मोबाइल सेण्टरमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।


ADVERTISEMENT


वडा नंं ९ का वडा अध्यक्ष्य हरिष सोमर रेग्मी र बैंकका संस्थापक एवं पूर्व सञ्चालक राम प्रसाद पोख्रेलले संयुक्त रुपमा उक्त शाखा रहित बैंकिङ सेवाको उद्घाटन् गरेका हुन् । यस्तै कार्यक्रममा बैंकका संस्थापकहरु, बैंकका अन्य कर्मचारीहरु, व्यवसायिक प्रतिनिधि तथा स्थानीय सेवाग्राहीको उपस्थिती रहेको थियो ।


ADVERTISEMENT

# # #


शाखारहित बैंकिङमार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।