वीरगञ्ज – सशस्त्र प्रहरी बल पर्साले भारतसँग सीमा जोडिएका पर्साका सबै नाकामा उच्च निगरानी थालेको छ ।


ADVERTISEMENT


आसन्न स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर पर्साका सबै सीमा नाकामा निगरानी बढाएको सशस्त्र प्रहरी बल १३ नम्वर गणका गणपति कमल तिमिल्सिनाले बताए । उनले सीमा क्षेत्रमा हुने विविध आपराधिक क्रियाकलापको न्यूनीकरणका लागि सीमा क्षेत्रमा उच्च निगरानी थालिएको बताए ।


ADVERTISEMENT

# # #


“मातहतका सबै युनिटलाई आवश्यकताअनुसार परिचालन गरी सबै सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ” गणका प्रमुख एवम् सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले भने, “सीमित स्रोतसाधन र जनशक्तिलाई पूर्ण रुपमा सदुपयोग गरी सीमा क्षेत्रमा उच्च निगरानी बढाएको छ ।” सो गणअन्तर्गत जिल्लामा पाँच सुरक्षा बेस क्याम्प, १७ सीमा सुरक्षा पोष्ट (बिओपी)  र तीनवटा सीमा निगरानी पोष्ट (एफओवी) रहेका छन् ।

सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप तथा हातहतियार ओसारपोसार नियन्त्रण गर्ने मुख्य योजना रहेको सशस्त्र प्रहरी उपरीक्षक पोखरेलको भनाइ छ । रासस