काठमाडौं – एलआरआई स्कुलको उच्च माध्यमिक विद्यार्थी परिषदको इन्नोभेषन क्लब कलंकीले आयोजना गरेको एक दिने विज्ञान, सामाजिक तथा औद्योगिक शैक्षिक प्रदर्शनी भव्यताका साथ सम्पन्न भएको छ ।

विद्यालयका प्राचार्य डा.देवकान्त जोशीले उद्घाटन गरेको सो प्रदर्शनीमा विद्यालयका उच्च माध्यमिक तहका विद्यार्थीहरुले विज्ञान, औद्योगिक प्रदर्शनी अन्तर्गत हेक्जापड, थ्रिडी प्रिन्टेड रोबोटिक आम, रोबो ब्याटल, रोभर, ड्रोनलगायत आधुनिक सामाग्री प्रदर्शन गरेका थिए ।


ADVERTISEMENT


ADVERTISEMENT

# # #



सामाजिक प्रदर्शनीमा छाउपडी प्रथाबिरुद्धको जनचेतनामूलक सामग्रीसमेत प्रस्तुत गरिएको थियो । विगत २ वर्षदेखि कोरोना महामारीका कारण नियमित रुपमा विद्यालय सञ्चालन हुन नसक्दा विद्यार्थीहरु प्रयोगात्मक तथा सिर्जनात्मक सिकाईबाट बञ्चित भएका थिए ।

सिकाइको सशक्त माध्यम मानिएको प्रयोगात्मक शिक्षण प्रणालीलाई निरन्तरता दिन स्कुल तथा विद्यार्थीहरुले छोटो समयमा निकै नै मेहनत गरेको संयोजक ध्रुब खडकाले बताए ।

यस प्रकारको प्रदर्शनीले विद्यार्थीहरुबीच अन्तरविद्यालय ज्ञान तथा सिप आदानप्रदान भई रचनात्मक सिर्जनसिलता वृद्धि हुने बताउँदै एलआरआईका संस्थापक यसरेखा पन्तले आगामी दिनमा प्रदर्शनीहरुलाई थप प्राथमिकताका साथ अगाडि बढाउने बताइन् ।

रचनात्मक र सिर्जनात्मक ढंगका क्रियाकलाप प्रयोगात्मक रुपमा निर्माण गरी प्रस्तुत शैक्षिक प्रदर्शनीले विद्यार्थीहरुको बौद्विक क्षमता र ज्ञान, सिपको विकासमा थप टेवा पुग्ने अवलोकनकर्ताहरुले बताएका छन् ।

विद्यालय परिसरमा आयोजना गरिएको सो प्रदर्शनीमा राजधानीका १८ विद्यालयका १ हजार ७ सय विद्यार्थीहरुले अभिरुचीपूर्वक अवलोकन गरेको संस्थाका प्रमुख प्रशासकीय अधिकृत दिपक जोशीले जानकारी दिए ।