काठमाडौं– निमोनियाका कारण ओम अस्पतालमा भर्ना भएका कांग्रेस नेता विमलेन्द्र निधि आज डिस्चार्ज भएका छन् । उनी मंसिर ४ गते अस्पताल भर्ना भएका थिए ।


ADVERTISEMENT


पूर्ण रुपमा स्वस्थ्य भएपछि निधिलाई निस्चार्ज गरिएको अस्पतालले जनाएको छ । डिस्चार्ज अघि हस्पिटल डाइरेक्टर डाक्टर जागेश्वर गौतम, प्रशासन प्रबन्धक विजय प्याकुरेल लगायतले निधिको स्वस्थ्यजीवनको कामना गरेका थिए ।


ADVERTISEMENT

# # #


पेटरोग विशेषज्ञ डा. राहुल पाठक, छाती रोग विशेषज्ञ डा. सुबोधसागर ढकाल लगायतको टोलीले उनको उपचार गरेको थियो ।