काठमाण्डौं-बजारमा साल (अग्राख) को काठ नपाइँदा भूकम्पमा भत्केका भक्तपुरका सम्पदाको पुनर्निर्माण प्रभावित भएको छ । अग्राख नपाइँदा पुनर्निर्माण भइरहेका सम्पदाको काम रोक्नुपरेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।


ADVERTISEMENT


अग्राखका लागि अग्रिम रकम दिँदा पनि नेपाल टिम्बर कर्पोरेसन (टीसीएन) बाट काठ उपलब्ध हुन नसकेको उनको गुनासो थियो । उनका अनुसार अघिल्लो वर्ष नै कर्पोरेसनलाई काठका लागि ३५ लाख रुपैयाँ अग्रिम उपलब्ध गराइएको थियो । ‘अग्राख नहुँदा सम्पदा पुनर्निर्माण नै रोक्नुपरेको छु, प्रमुख प्रजापतिले भने, ‘सम्पदामा आवश्यक पर्ने ठूला साइजका अग्राख त झनै पाउन सकिएको छैन ।


ADVERTISEMENT

# # #


उनले नगरपालिकाले आवश्यक बजेट व्यवस्थापन गर्दा पनि अग्राख, ढुंगालगायत निर्माण सामग्री अभावले सम्पदा पुनर्निर्माण चुनौतीपूर्ण बनेको सुनाए । अग्राख उपलब्ध नहुँदा अहिले भक्तपुर दरबार क्षेत्रस्थित करिब आधा दर्जन सम्पदाको पुनर्निर्माण रोकिएको छ । भक्तपुर नगरपालिकाले स्थानीय उपभोक्ता समितिमार्फत वत्सला मन्दिर र केदारनाथ मन्दिरको पुनर्निर्माण गरिरहेको छ ।