काठमाण्डौं-२१ गतेपछि मात्रै मतगणना हुने भएपछि दलहरुले मतपेटिकाको सुरक्षामा चासो दिएका छन् । दलहरुले मतपेटिकाको सुरक्षाप्रति आशंका गर्दै आ–आफ्ना ताला र सीसीटीभी राखेका छन् । ‘तालामाथि ताला’ शीर्षक दिएर राजधानी दैनिक लेख्छ– पहिलो चरणमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको सिलबन्दी गरी कोठामा ताला लगाएर राखिएका मतपेटिकामा दलहरुले समेत ताला लगाएका छन् ।


ADVERTISEMENT


समाचार अनुसार कतिपय दलले मतपेटिका राखिएका कोठामा आफ्नै खर्चमा सीसी क्यामेरासमेत जडानको तयारी गरेका छन् । आयोग र सुरक्षाकर्मीको मात्रै विश्वास नभएको भन्दै थुप्रै जिल्ला सदरमुकाममा दलहरुले आफैं सीसीटीभी राख्न अनुमति माग गरिरहेका छन् ।


ADVERTISEMENT

# # #


समाचार अनुसार सुरक्षाका लागि जिल्ला सदरमुकाम पुर्याएर बन्द कोठामा राखिएका मतपेटिकाको सुरक्षाका लागि दलहरुले आयोगले लगाएको तालामाथि पनि आफ्नो तर्फबाट ताला लगाउँदै सीसीटीभी जडान गर्न पाउनुपर्ने माग गरिरहेका छन् ।