काठमाण्डौं-गोरखा–२ मा चुनावी प्रतिष्पर्धामा रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई वा नारायणकाजी श्रेष्ठ कसले जित्ला भन्नेबारे लाखौंको बाजी परेको छ । दुई नेताको जित हारको परिणाम थाहा पाउन दोस्रो चरणको निर्वाचनसम्म कुर्नु पर्नेछ । आइतबार सम्पन्न पहिलो चरणको मतगणना पनि मंसिर २१ गते साँझपछि मात्र सुरु हुनेछ ।


ADVERTISEMENT


गोरखा नगरपालिका–८ का थापा थरका एक युवाले भट्टराईले जित्ने दाबीका साथ हारेमा एक लाख तिर्ने बाजी थापेका छन् । गोरखा नगरपालिका १३ का गुरुङ थरका अर्का युवाले श्रेष्ठले जित्ने दाबीका साथ हारेमा थापालाई एक लाख तिर्न तयार भएका छन् । उनीहरुले एक एक लाख रुपैयाँ मध्यस्थलाई बुझाइसकेका छन् ।


ADVERTISEMENT

# # #


खत्री थरका एक युवा र बस्नेत थरका अर्का युवाबीच ५० हजारको बाजी परेको छ । आजको अन्नपूर्ण पोस्टबाट