काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारतको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा शुक्रबार अपरान्ह भारतको नयाँ दिल्ली प्रथान गरेका प्रधानमन्त्री देउवा आइतबार साँझ स्वदेश फर्किएका हुन् ।


ADVERTISEMENT


भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले पहिलो दिन भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गरेका थिए । यस्तै उनी सोही दिन भारतीय जनता पार्टीको मुख्यालयमा पुगेका थिए । यस्तै दोस्रो दिन उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेट गरेका थिए ।


ADVERTISEMENT

# # #


यस्तै प्रधानमन्त्री देउवा र मोदीले जयनगरबाट कुर्थासम्मको रेल सेवा उद्घाटन गरेका थिए । प्रधानमन्त्री देउवा आज भारतको वरायशी पुगेका थिए । त्यहाँ उनलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका थिए । प्रधानमन्त्री देउवाले काशी विश्वनाथ मन्दिरमा पूजाअर्चना समेत गरेका थिए ।