काठमाण्डौं-सोलुखुम्बुको अलैँची पकेट क्षेत्र गँुदेलमा अलैँचीको मूल्य गत वर्षको तुलना यस वर्ष घट्दा कृषक मारमा परेका छन् । गत वर्षको तुलनामा उत्पादन बढे पनि आम्दानी घटेको कृषकले बताएका छन् ।


ADVERTISEMENT


स्थानीय बजारमा गत वर्ष प्रतिमन (४० किलो) ६० हजारले कारोबार भइरहेको अलैँची यस वर्ष ५८ प्रतिशतले गिरावट भई प्रतिमन २५ हजारमा मात्र कारोबार भइरहेको गुँदेलका स्थानीय व्यापारी सिङकेराम राईले बताए । राईका अनुसार गत वर्ष गुन्देल गाविसमा छ करोड बराबरको अलैंची उत्पादन भएको थियो तर यस वर्ष करिब साढे तीन करोड बराबरको मात्र उत्पादन भएको छ ।


ADVERTISEMENT

# # #


गत वर्ष महाकुलुङ–५, गुँदेलका धनगञ्ज राईले छ मन उत्पादन गरेर बेच्दा तीन लाख ६० हजार आम्दानी भएको थियो । यस वर्ष गत वर्षको तुलनामा उत्पादन बढ्यो तर आम्दानी भने घटेको छ । यस वर्ष राईले साढे सात मन बेच्दा एक लाख ८२ हजार पाँच सयमात्र आम्दानी भएको राईले बताए । राई बताए, खै यसपाली त धेरै फल्यो तर गत वर्षको तुलना थोरै मात्र आम्दानी भयो ।

महाकुलुङ–४, गँुदेलका कृषक छलकराम राईका अनुसार यसवर्ष मूल्य घटेपछि व्यापारी पनि चुपचाप बसेका छन् । गत वर्षसम्म बजार राम्रो भएकोले व्यापारीले समयमा नै सङ्कलन गरेको भए पनि यसवर्ष उनीहरूको उत्साह पनि घटेको छ । स्थानीय व्यापारी नारद राईले भने, मूल्य नभएपछि कृषकले बेच्न पनि चाहेका छैनन् भने थोरै मूल्यमा सङ्कलन गर्दा दाम हालिदिएन भनेर गुनासो मात्र गर्छन् । राईका अनुसार यसपर्ष कृषकको अलैँची कृषकसँगै रहेको छ ।
गत वर्ष पकेट क्षेत्र गुँदेलबाट चार करोडभन्दा बढिको अलैँची निर्यात भएको थियो तर यस वर्ष एक करोडको पनि निर्यात हुन मुस्किल हुने स्थानीय व्यापारी नारद राईले बताए ।