काठमाण्डौं-विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुमा साईबर आक्रमण गरेको अभियोगमा अमेरिकाले ३ जना चिनियाँ नागरिक विरुद्ध मुद्दा दायर गरेको छ ।


ADVERTISEMENT


चीनको गोन्जाउ प्रान्तमा साईबर कम्पनी चलाइरहेका उ यिङ्गजाउ, डोङ हाव र सिया लिले सन् २०११ यता लगातार रुपमा कम्पनीको इमेल, व्यवसायीक तथा व्यापारीक सूचना तथा महत्वपूर्ण कर्मचारीहरुको सूचना चोरी गर्दै आएको भन्दै अमेरिकी एक अदालतमा मुद्दा दायर भएको हो ।


ADVERTISEMENT

# # #


उनीहरुले मुडीज एनालिटिक्स, सिमन्स र ट्रिम्बल नामक संस्थाको कम्युटर ह्याक गरेको अभियोगपत्रमा उल्लेख छ ।

मुद्दा दायर भएपछि अमेरिकी वकिलले उनीहरुविरुद्ध पक्राउ पूर्जी समेत जारी गरिसकिएको बताएको बीबीसीले उल्लेख गरेको छ ।

पटक पटक हुने गरेको साइबर आक्रमणलाई लिएर अमेरिका र चीनबीच विवाद हुने गरेको छ ।