बुटवल – गण्डकी प्रदेशको बुटवलमा चैत २३ गते बुधवार ‘इबिमा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट २०२२’ कार्यक्रम आयोजना हुदैँछ ।


ADVERTISEMENT


डिजिटल स्टार्टअप, इन्नोभेसन र आइडियाहरुको विशेष प्रस्तुति रहने कार्यक्रममा प्रदर्शनी, पिचिंङ, मेन्टरिंङ सेसनहरु सञ्चालन हुनेछन् ।


ADVERTISEMENT

# # #


बुटवल सिटि सेन्टरमा बिहान ११ बजेदेखि स्टार्टअप फेस्ट कार्यक्रम आयोजना हुनेछ भने सोहि स्थानको पाल्म होटलमा दिउसो २।३० देखि डिजिटल लुम्बिनी संवाद कार्यक्रम हुने आयोजक पक्ष लिभिंग विथ आइसिटीले बताएको हो ।

संस्थाका अनुसार, प्रदेशमा रहेका स्थानीय स्टार्टअपहरुलाई प्रवद्धन गर्ने र आवश्यक लगानी समेत जुटाउने उद्देश्यले सातै प्रदेशमा कार्यक्रम आयोजना भैरहेको छ । पहिलो कार्यक्रम गत शुक्रबार गण्डकी प्रदेश अन्तर्गत पोखरामा कार्यक्रम आयोजना भएको थियो ।

यस कार्यक्रममा स्थानिय स्टार्टअप तथा विद्यार्थीहरुका इन्नोभेटिभ आइडिया तथा प्रोजेक्टहरुलाई प्रदर्शनीमा राखिनेछ । सहभागिहरुले आफ्नो आइडिया वा प्रोजेक्टको बारेमा विज्ञ छनौट समितिसामु प्रस्तुती दिनेछन् । यसैगरी उनिहरुले आइटी क्षेत्रका सफल स्थानिय तथा काठमाडौंका उद्यमीहरुबाट मेन्टरिङ सेसनमा पनि सहभागी हुने अवसर प्राप्त गर्नेछन् । आयोजकले हरेक प्रदेशबाट उत्कृष्ट ५ स्टार्टअप तथा आइडिया छनौट गरी काठमाडौंमा विजनेश इन्क्युवेसनमा सहभागि गराउने जनाएको छ ।

छनौट भएका केहि स्टार्टअपहरुले बैंकले उपलब्ध गराउने सहुलियतपुर्ण ऋण सुविधा र लगानीको लागि अवसर प्राप्त गर्नेछन । स्टार्टअपहरुले आबश्यक प्रविधि, कानुनी सहायता र व्यपार प्रवद्धनको लागि निशुल्क परामर्श तथा विभिन्न अवसरहरु प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । हरेक प्रदेशका उत्कृस्ट १ स्टार्टअपलाई आइसिटी अवार्ड २०२२ को ग्रान्ड फिनालेमा सम्मान पनि गरिने छ । लुम्बिनी प्रदेशमा कार्यक्रममा कम्तिमा ३० बढि स्टार्टअपहरुको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा प्रदेश सरकार, स्थानिय सरकार, नीजि क्षेत्र र सरोकारवालाहरुको उपस्थितीमा डिजिटल रुपान्तरणमा लुम्बिनी प्रदेश विषयमा विशेष अन्तकृया तथा संबादको आयोजना हुनेछ । डिजिटल संवाद कार्यक्रममा प्रदेश सरकार, स्थानिय सरकार, सरोकारवाला र नीजि क्षेत्रको उपस्थितीमा विशेष अन्तकृयात्मक छलफल हुनेछ ।

कार्यक्रममा स्टार्टअप तथा बिद्यार्थीका प्रोजेक्टहरुलाई प्रदर्शनीमा निशुल्क समाबेश गरिएको छ भने सहभागीको लागि पनि कुनै शुल्क राखिएको छैन । कार्यक्रम बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म संचालन हुनेछ ।