काठमाडौँ– यात्रुहरुप्रति गरिने उचित व्यवहारसम्बन्धि ‘यात्रुमैत्री प्रहरी व्यवहार’ तालिम मंगलबारदेखि शुरु भएको छ ।


ADVERTISEMENT


अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरमा कार्यरत प्रहरी कर्मचारीहरुलाई मध्यनजर गर्दै हिजोदेखि ‘यात्रुमैत्री प्रहरी व्यवहार’ अनुशिक्षण तालिम शुरु गरिएको हो ।


ADVERTISEMENT

# # #


तालिममा विमानस्थलमा कार्यरत २६५ जना प्रहरी हवल्दार तथा जवानहरु सहभागी हुने एयरपोर्ट सुरक्षा कार्यालयले जनाएको छ । कार्यलयका अनुसार, तालिमको मुख्य उद्देश्य विमानस्थलमा आउने सेवाग्राहिहरुलाई सभ्य, शिष्‍ट र नम्र व्यवहार गरी यात्रुमैत्री सेवा प्रदान गर्नु हो ।

यस्तै, समस्यामा परेका यात्रुहरुलाई आवश्यक सहयोग गरी हवाई यात्रुहरुलाई सुरक्षाको प्रत्याभुती दिलाई सुरक्षित साथ गन्तव्यसम्म पुग्न सहजीकरण गर्दै आम जनसमुदाय तथा अन्तर्राष्ट्रिय जगतमा समेत प्रहरीको छवि उच्च राख्न समेत सो तालिमले मद्दत गर्नेछ ।