काठमाडौँ – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सम्पूर्ण स्रोत, साधन र जनशक्तिलाई स्थानीय तह निर्वाचनमा केन्द्रित तुल्याउन निर्देशन दिएका छन् ।


ADVERTISEMENT


सरकारको स्वामित्वमा रहेका सार्वजनिक सञ्चारमाध्यमका प्रमुख र प्रतिनिधिसँगको छलफलमा उनले सिङ्गो मुलुक नै निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, मितव्ययी र भयरहित तुल्याउन केन्द्रित रही अघि बढनुपर्ने आवश्यकता औँल्याए । उनले भने, “हाम्रा सबै स्रोत, साधन र जनशक्ति निर्वाचनतर्फ केन्द्रित गरी निर्वाचनका निम्ति उपयुक्त वातावरण तयार गर्दै स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र भयरहित निर्वाचन गर्नु हामी सबैको साझा दायित्व हो ।”


ADVERTISEMENT

# # #


निर्वाचन प्रचारप्रसारका सन्दर्भमा कुनै पनि कमीको अनुभूति नहुने गरी उत्साहजनकरूपमा काम गर्ने सकिन्छ भन्ने सन्देश प्रवाह गर्न सुझाव दिँदै प्रमुख थपलियाले सञ्चारमाध्यमका प्रत्येक कार्यक्रम र गतिविधिलाई निर्वाचनसँग जोडेर लैजान सल्लाह दिए ।

सार्वजनिक सञ्चारमाध्यम आफैँ स्वायत्त र स्वतन्त्र रहेकाले आ–आफ्ना स्थानीय तहका संरचनामार्फत निर्वाचनसम्बन्धी समाचार सङ्कलन र प्रसारण गर्ने प्रभावकारी व्यवस्था मिलाउन सुझाव दिँदै उहाँले मितव्ययीताका बीच कुशलता र सक्षमता देखाएर काम गर्न सक्नुपर्छ भने ।

एक प्रश्नको जवाफमा प्रमुख निर्वाचन आयुक्त थपलियाले स्वीकृत निर्वाचन कार्यतालिका एक दिन पनि प्रभावित नभएको मात्र नभई निर्वाचन सामग्री आउने र मतपत्र छपाइको काम सुरु भइसकेको जानकारी दिए।

आयोगले कर्णालीसहित दुई वटा प्रदेशको मतपत्र छपाइका लागि डिजाइन गरेकामा कर्णाली प्रदेशको मतपत्र छपाइ भइसकेको जानकारी दिएको छ । सो अवसरमा राष्ट्रिय समाचार समिति (रासस), गोरखापत्र संस्थान, नेपाल टेलिभिजन र रेडियो नेपालका अध्यक्ष तथा महाप्रबन्धक र प्रतिनिधिको सहभागिता थियो ।