काठमाडौं – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला  पाँच सय रुपैयाँले बढेर  ९९ हजार रुपैयाँ तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला  ९८ हजार ५०० रुपैयाँ कायम भएको छ । उक्त सुन बुधबार प्रतितोला रु ९८ हजार थियो ।


ADVERTISEMENT

# # #


त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले बढेर  एक हजार ३४५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९२१ डलर आसपास कारोबार भइरहेको छ ।