काठमाडौँ– नायिका रिचा शर्माले चलचित्र छक्कापञ्जा २ हेर्ने दर्शक मुर्ख हुन् भनेपछि नेपाली सिने बजार तातेको छ । रिचाको उक्त भनाइप्रति छक्कापञ्जा टिमले कडा आपत्ति जनाएपछि दुई पक्षबीच फेसबुकमा युद्ध नै सुरु भएको छ ।


ADVERTISEMENT


एकले अर्काको जवाफ दिने क्रम चलिरहेको छ । आइतबार रिचाले एक कार्यक्रममा चलचित्र छक्कापञ्जा हेर्ने दर्शक मुर्ख हुने भन्ने अभिव्यक्ति दिएपछि चलचित्रकी निर्देशक दीपाश्री निरौलाले कडा आपत्ति जनाइन् । उनले तत्काल फेसबुकमा लेखिन् “एकजना नायिकाले हाम्रो चलचित्र हेरेर तालि बजाउने दर्शक लाइ मूर्ख भन्नु भएछ…. ‘प्रिय नायिकाज्यू दर्शकलाइ मूर्ख भन्नु भएकोले नै तपार्इका फिल्मले कहिल्यै दर्शक पाएनन्…’ गेट वेल सुन !!! ”


ADVERTISEMENT

# # #


यही स्टाटसलाई दीपकराज गिरीदेखि प्रियंका कार्कीसम्म छक्कापञ्जा टिमले आफ्नो फेसबुक वालमा कपी पेष्ट गर्दै विरोध गर्यो ।

यही विषयलाई लिएर फिल्मकर्मीदेखि दर्शकसम्म चर्काचकी भएपछि नायिका रिचा शर्माले पहिलो पटक प्रतिक्रिया दिएकी छन् । उनले आफूले कहिल्यै दर्शकलाई मुर्ख नभनेको दाबी गरेकी छन् । उनले आफ्नो फेसबुक वालमा लेखेकी छन्, “मैले कुनै पनि चलचित्र हेर्ने दर्शक मूर्ख हुन् भनेर कहिल्यै बोलेकी छैन तर जिन्दगीको कुनै पनि मोडमा होस् वा चलचित्रमा महिला हिसाको विषयलाई हास्ने कारण बनाइन्छ भने म त्यस विषयमा आफ्नो बिचार राख्न किन्चित डगमगाउने छैन चाहे संसारले नै मलाई बिरामी सावित गरोस्। ”

फिल्मकर्मीभन्दा पहिले आफू महिला भएको बताउँदै उनले फिल्ममा एक महिलालाई तारन्तार थप्पड हानेको दृश्यमा आफूले ताली बजाउँन नसक्ने बताएकी छन् । उनी फेसकबुकमा थप लेख्छिन् “असल कलाकार तिनै हुन्, जसले कहिलेकाही दर्शकका तर्कलाई पनि आत्मसात गर्छन् ।  म कलाकार हुँ, दर्शक हुँ तर सबैभन्दा म एक महिला हुँ । फिल्ममा एक महिलालाई तारन्तार थप्पड हानेको दृश्यमा मैले ताली बजाउँन सकिनँ भनेकी हुँ । किनभने, अहिलेको समयमा बिहेकै लोभमा कुनै महिलाले यति धेरै थप्पड खाँदैनन् ।”