काठमाडौँ – नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न आफ्नो ध्यान केन्द्रीत गर्ने बताएका छन् ।


ADVERTISEMENT


राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै बिभिन्न कारणले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न हुन नसकेको भन्दै आफ्नो ध्यान यसैमा केन्द्रीत गर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्रीले शान्ति प्रक्रियाका विषयलाई निष्कर्षमा पुराउन दिएको जिम्मेवारी पुरा गर्ने उनको भनाई छ । उनले सत्यनिरुपण तथा मेलमिलाप आयोगलाई क्रियाशिल बनाउनका लािग आवश्यक कानून बनाइने जानकारी दिए ।

प्रधानमन्त्री देउवाको सिफारिसमा कोइराला कानून मन्त्रीमा नियुक्त भएका हुन् ।