ललितपुर– ललितपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार नवराज सिलवालले अब आफूहरुले कांग्रेसलाई सत्ता कसरी चलाउने भन्ने प्रशिक्षण दिने बताएका छन् ।


ADVERTISEMENT


ललितपुरको लगनखेलमा आयोजित वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै सिलवालले भने, ‘२३ महिनासम्म कांग्रेसले सत्ता चलायो अब प्रतिपक्षीको बेन्चमा बस्नु । त्यसपछि हामी तपाईँहरुलाई कसरी शासन चलाउने भन्न प्रशिक्षण दिन्छौं ।’


ADVERTISEMENT

# # #


उनले लोकतन्त्रका मूल मान्यता भत्काउने कांग्रेस नै भएको आरोप लगाउँदै कांग्रेस चुनावपछि लोकतान्त्रिक मूल्य मान्यता स्थापित गर्ने वाम सरकार बन्ने बताए ।

कांग्रेसकै कारण देश विकास हुन नसकेको आरोप लगाउँदै उनले वाम गठबन्धनले दुई तिहाई मत ल्याउने र विकासको लहर ल्याउने दाबी गरे ।