काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक भ्रमणका लागि भारत प्रस्थान गरेका छन्।
निजी सचिवालयका अनुसार भ्रमणका क्रममा लामिछानेले भारतको उत्तराखण्डस्थित नैनीतालको कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाआराधना गर्ने कार्यक्रम छ।
तीनदिने आध्यात्मिक तथा पारिवारिक भ्रमण पूरा गरी लामिछाने कात्तिक ९ गते स्वदेश फर्किने सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

























