कैलाली – कैलालीमा एक महिला पतिको हत्या गरेर आफैं प्रहरी कार्यालय पुगेकी छन् ।


ADVERTISEMENT


आइतबार राति हँसियाले हानेर पतिको हत्या गरेकी मोहन्याल गाउँपालिका १ राक्साकी ३३ वर्षीया थुमा थापा मगर सोमबार बिहानै प्रहरी कार्यालय पुगेकी हुन्। उनी बिहान ५: १० बजे कैलालीको पण्डौनस्थित इलाका प्रहरी कार्यालय पुगेकी हुन् ।


ADVERTISEMENT

# # #


जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेद जोशीका अनुसार प्रहरी कार्यालय पुगेर उनले घरायसी विवादका कारण ४४ वर्षीय श्रीमान् नारायण बुढा मगरको हत्या गरेको बताएकी छन्।

अहिले हत्या गरिएको स्थानतर्फ इलाका प्रहरी कार्यालयबाट टोली गएको छ। हत्यामा संलग्न महिलालाई प्रहरी कार्यालयमा राखिएको छ। प्रहरी कार्यालयबाट घटनास्थल पुग्न करिब ५ घण्टा लाग्छ।