काठमाडौँ – अख्तियार दुरुपयषेग अनुसन्धान आयोगले ५ लाख रुपैयाँसहित शाखा अधिकृतलाई पक्राउ गरेको छ । अख्तियारले भूमिसुधार तथा मालपोत कार्यालय, धनुषाका निमित्त कार्यालय प्रमुख (शाखा अधिकृत) सुनिल कुमार झालाई नियन्त्रणमा लिएको हो ।


ADVERTISEMENT


अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार शाखा अधिकृत झाले जग्गा सम्फन्धी हक साफी मुद्दामा फैसला सुनाए वापत सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुस मागेका थिए ।


ADVERTISEMENT

# # #


अख्तियारको बर्दिवासबाट खटिएको टोलीले झालाई उक्त रकमसहित जनकपुरको भानुचोकबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।