कालीकोट–  पहिलो चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका मतपेटिका सदरमुकाम ल्याइएको छ ।


ADVERTISEMENT


जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाका १०९ मतदान केन्द्रका मतपेटिका सोमबार नै ल्याइएको र दुईवटा ठाउँको मतपेटिका आज बिहान ल्याइएकोे छ ।


ADVERTISEMENT

# # #


जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी धनबहादुर रावलका अनुसार जिल्लामा छिटफुट घटनाबाहेक शान्तिपूर्ण तरिकाले मतदान भएको र जिल्ला सदरमुकाम मान्म खांडाचक्रमा मतपेटिका पुगेको छ । उहाँका अनुसार जिल्लामा कुल ६४ हजार ९६१ मतदातामध्ये २१ हजार ९०३ जना महिला र २० हजार ९३८ पुरुष गरी ४२ हजार ८४१ मतदाताले मतदान गरेका छन्। जिल्लामा कूल मतदातामध्ये ६५ दशमलव ९४ प्रतिशत मतदान भएको हो ।

स्थानीय तहको निर्वाचनमा कालीकोटमा ४८ हजार २०७ सात मत खसेको थियो । यस पटकको निार्वचनमा पाँच हजार ३६६ मत कम खसेको बताइएको छ । अहिले मतपेटिका सदरमुकाम मान्मको जिल्ला अदालतमा राखिएको छ ।

कडा सुरक्षा दिइएको उक्त क्षेत्रको भित्री घेरामा राजनीतिक दलका उम्मेदवारका प्रतिनिधि र मुख्य निर्वाचन अधिकृतको कार्यालयपछि नेपाली सेना, बाहिरी घेरामा सशस्त्र प्रहरी र त्यसपछिको घेरामा जनपद प्रहरीले सुरक्षा दिएका छन् भने बाह्य घेरामा भने म्यादी प्रहरी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दोस्रो चरणको निर्वाचन मंसिर २१ गते भइसकेपछि कालीकोटमा मतगणना शुरु हुने बताइएको छ ।