काठमाडौँ – फिलिपिन्समा बाढी र पहिरोमा परि कम्तिमा २५ जनाको मृत्यु भएको छ । मेगी नामक हुरीबतासले भारी वर्षा भएपछि बाढी र पहिरो आएको बीबीसले जनाएको छ ।


ADVERTISEMENT


देशको पूर्वी र दक्षिणी तटहरुमा फसेका मानिसहरुलाई बाहिर निकाल्न उद्धारकर्मीहरुले संघर्ष गरिरहेका छन् । आइतबार ६५ किलोमिटर प्रतिघण्टाको दर हुरीबतास चलेको जसका कारण बाढी र पहिरो आएको थियो । पूर्वी तटिय क्षेत्रका १३ हजार भन्दा बढी मानिस उच्च स्थानमा रहेका आश्रयस्थलमा भागेका थिए ।


ADVERTISEMENT

# # #


वर्षा तथा हावाहुरीले विद्युत आपूर्ति अवरुद्ध हुनुका साथै बाढीका कारण ग्रामिण क्षेत्रमा माटो थुप्रिएको बताइएको छ । सबै भन्दा बढी प्रभावित लेयट प्रान्त रहेको छ जहा २२ जनाको मृत्यु भएको पुष्टि भएको छ ।