काठमाडौँ– खल्ती एपमार्फत वल्र्डलिंकको अनलाइन भुक्तानी गर्दा ग्राहकले १० प्रतिशतसम्म भ्याट छुट पाउने भएका छन् । वल्र्ड लिंक र खल्तीबीच भएको व्यवसायिक सम्झौता अनुसार, वल्र्डलिंकका ग्राहले खल्तीमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्मको भ्याट छुट पाउने भएका हुन् ।


ADVERTISEMENT


६,५०,००० वर्ल्डलिंक घरपरिवारहरूलाई डिजिटल नेपाल तर्फ सशक्त बनाइनेछ किनभने नेपालमा पहिलो पटक वर्ल्डलिंक प्रयोगकर्ताहरूले खल्ती मार्फत आफ्नो बिल भुक्तानीमा भ्याट रकमको १०% फिर्ता पाउन सक्नेछन्।


ADVERTISEMENT

# # #


पूर्व अर्थमन्त्री युवराज खतिवडाले आर्थिक विधेयक २०७६ मार्फत प्रारम्भ गरिएको, खल्तीले आन्तरिक राजस्व विभाग (आई आर डी) र वर्ल्डलिङ्कसँग समन्वय गरी यो कार्यादेशलाई अगाडि बढाएको छ ।यी दुई स्संथाले नेपालको डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्दै डिजिटल नेपाललाई साझा गर्ने लक्ष्य लिइएको छ ।

१०% भ्याट फिर्ताको साथै खल्तीले पहिले नै १. ५ % क्यासब्याक संगै रु १०० क्यास्ब्याक अर्थतन्त्रलाई प्रोत्सहन गर्न वर्ल्डलिङ्क बिल भुक्तानीमा प्रोमो कोड गोक्यासलेस प्रयोग गरी छुट प्रदान गरेको छ । अब थप १०% भ्याट फिर्ताले डिजिटल नेपालतर्फ ६५ हजार वर्ल्डलिङ्क घरपरिवारलाई सजिलै प्रत्यक्ष फाइदा पु¥याउने विश्वास लिइएको छ उपभोक्ताहरूले भ्याट रकमको चार्ज गरिएको १३% भ्याट को १०% भ्याट फिर्ता पाउने छ । यसका लागि खल्ती प्रयोगकर्ता उपभोक्ता बर्गको हुनु पर्ने छ साथै वर्ल्डलिङ्क जडान पनि उपभोक्ता वर्गको हुनु पर्ने छ अर्थात यो सुबिधा व्यवसायिक कार्य प्रयोजनको लागि दिइने छैन ।

प्रमुख कार्यकारी अधिकृत विनय खड्काका अनुसार, यस सेवाले निश्चित रूपमा सबै नेपालीहरूमा वित्तीय समावेशीकरण ल्याउने हाम्रो दृष्टिकोणलाई अगाडी बढाउँने लक्ष्य लिएको छ । ‘यसका साथै हामी सरकार र अन्य निकायहरूसँग मिलेर थप सजिलो सेवा र सुविधाहरू ल्याउनका लागि नयाँ क्षेत्रहरूमा काम गर्नेछौ’, उनले भने ।

यस्तै, यस सुविधाको बारेमा बोल्दै वर्ल्डलिंकका सामुहिक प्रमुख वित्तीय अधिकारी, संजय कुमार साहले भने, ‘खल्तीले पेमेन्ट पार्टनरको हैसियतले वल्डलिङ्कका ग्राहकहरुलाई धेरै किसिमका क्यास्ब्यक अफरहरु दिईरहेको छ । यस भ्याट फिर्ताको अफरले हाम्रो डिजिटल नेपालको साझा अभियानलाई अगाडी बढाउनेछ र साथै वर्ल्डलिङ्कका प्रयोगकर्ताहरुलाई पनि खल्ती मार्फत भुक्तानी गर्न प्रोत्साहन दिइनेछ ।’

‘खल्ती’, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि ६० हजारभन्दा बढी सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ ।