काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेको बस केहीबेर अघि पृथ्वी राजमार्गमा पर्ने धादिङको फिस्लिङबाट त्रिशुली नदी खसेको छ।


ADVERTISEMENT


केही यात्रुको जिवितै उद्धार गरिएको छ भने अन्यको उद्धार गर्ने कोशिस भइरहेको छ । उनको अनुसार बस त्रिशुली नदीमा नदेखिनेगरि डुबेको छ ।


ADVERTISEMENT

# # #


लु २ ख २९१ नम्बरको बस आज विहान सवाँ ९ बजे त्रिशुली नदीमा खसेको हो । दुर्घटनामा ४ पुरुष र २ महिला गरी ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृतकहरुको सनाखत हुन बाँकी रहेको छ । २० जनालाई उद्धार गरी भरतपुर पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनबाट प्रहरी निरिक्षक सन्तोष पन्तले जानकारी दिएका छन । घटनाका सम्बन्धमा थप विवरण भने आउन बाँकी रहेको छ ।