काठमाडौं – सिभिल बैंक र नेपाल स्टक एक्सचेञ्जबीच सिभिल बैंकको ऋणपत्र सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ । बैंकको १०।२५ प्रतिशत ब्याजदर भएको “सिभिल बैंक डिबेन्चर २०८८” ऋणपत्रको क्रम संख्या १ देखि ३० लाख कित्ता ऋणपत्र सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।


ADVERTISEMENT


उक्त सम्झौतापत्रमा सिभिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल तथा नेपाल स्टक एक्स्चेञ्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले हस्ताक्षर गरी सम्झौतापत्र आदान प्रदान गरे ।


ADVERTISEMENT

# # #


उक्त डिबेन्चर लक्ष्मी क्यापिटल मार्केट मार्फत् बिक्रि खुल्ला गरिएको थियो र वितरण भएको ३० लाख कित्ता डिबेन्चर अब २०७८ चैत्र ३० बाट नेपाल स्टक एक्स्चेंजमा कारोबार गर्न सकिनेछ भने डिबेन्चरको आर.ति.यस.सम्वन्धी सेवा सिभिल क्यापिटल मार्केट मार्फत् गरिनेछ ।