काठमाडौं – सेञ्चुरी बैंकले करिब नौ महिनापछि प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाएको छ । बैंक सञ्चालक समितिको बैठकले यसअघि कामु प्रमुख कार्यकारी अधिकृतको रूपमा रहेका मनोज न्यौपानेलाई नै बढुवा गरेर सीईओमा नियुक्त गरिएको हो ।


ADVERTISEMENT


सीईओ तुलसीराम गौतमले गत २० असारमा राजीनामा गरेपछि न्यौपानेलाई १ साउनदेखि कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको थियो । सेञ्चुरी बैंकका अनुसार नवनियुक्त सीईओ न्यौपानेले २ वैशाखदेखि आफ्नो जिम्मेवारी सम्हाल्नेछन् ।


ADVERTISEMENT

# # #


२०७४ बाट सेञ्चुरी बैंकमा प्रवेश गरेका न्यौपाने दुई वर्ष बैंकको सहायक कार्यकारी प्रबन्धक पदमा थिए । लक्ष्मी बैंकबाट बैंकिङ करियर सुरु गरेका उनीसँग हिमालयन बैंक र सनराइज बैंकमा पनि काम गरेको अनुभव छ ।

करिब १९ वर्षको बैंकिङ अनुभव सँगालेका उनले काठमाडौं विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा स्नातकोत्तर गरेका छन् ।