काठमाण्डौं-नेपाली सेनाको गाडी हिजो साँझ साँफेबगर–मंगलसेन सडक खण्डको तिमिल्सेनमा पल्टिँदा १४ घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । लु १ ग २७८ नं को गाडी तिमिल्सेनको ओरालोमा पल्टिएको हो ।


ADVERTISEMENT


गुड्दै गरेको बेला ‘ब्रेकफेल’ भएको गाडी पल्टिएको बताइएको छ । घाइेतलाई उपचारका लागि बयलपाटा अस्पतालमा लगिएको अछामका प्रहरी प्रमुख दधिराम न्यौपानेले जानकारी दिए ।


ADVERTISEMENT

# # #


सहसेनानी सञ्जय भण्डारीको नेतृत्वमा ३३ जना सेना बाजुराबाट अछामको गणतर्फ आउँदै गर्दा दुर्घटना भएको हो । उनीहरु बाजुराको चुनावी सुरक्षाका लागि खटिएर फर्कंदै थिए ।