काठमाडौं – सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजीपी) मा अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसी बढुवा भएका छन् । बिहीबार बिहान बसेको मन्त्रिपरिषद्‌को बैठकले केसीलाई आईजीपीमा नियुक्त गरेको हो ।


ADVERTISEMENT


शैलेन्द्र खनालले सशस्त्र प्रहरी बलको चारवर्षे आईजीपी कार्यकाल पूरा गरेर अवकाश पाएपछि केसीलाई आईजीपीमा बढुवा गरको हो । केसी पनि खनालकै ब्याची हुन् ।


ADVERTISEMENT

# # #


आईजीपीको दौडमा अर्का एआईजी रामशरण पौडेलसमेत थिए । तर, सरकारले केसीलाई बढुवा गरेको हो । उनी एआईजी बढुवा हुँदा एक नम्बरमा बढुवा भएका थिए ।

आईजीपी पदमा बढुवा गर्दा ज्येष्ठता, कार्यकुशलता, कार्यसम्पादन क्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता र आफूमुनिका प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्य हेरेर उचित ठानिएको उम्मेदवारलाई मात्र सरकारले बढुवा गर्ने व्यवस्था छ ।

केसीको कार्यकाल पनि जम्मा २१ दिन मात्रै हुनेछ । १९ वैशाखमा ३० वर्षे सेवा हदका कारण अवकाश पाउनेछन् । उनी १९ वैशाख २०४९ मा नेपाल प्रहरीको प्रहरी निरीक्षकमा भर्ना भएका थिए । २०५८ मा अर्धसैनिक बल सशस्त्र प्रहरी बल स्थापना भएपछि उनीहरू सशस्त्रमा गएका हुन् ।