काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य सुजाता कोईराला आज चीन प्रस्थान गर्दैछिन् । बेईजिङमा हुने ‘सीपीसी इन डाइलग वीथ वल्र्ड पोलिटिकल पार्टी’ नामको उच्चस्तरीय राजनीतिक बैठकमा सहभागी हुन नेपाली कांग्रेस पार्टीको प्रतिनिधित्व गर्दै कोईराला त्यस तर्फ लाग्न लागेकी हुन् । त्यहाँ उनले आफ्नो वक्तव्य समेत दिने कार्यक्रम छ ।


ADVERTISEMENT


बैठक नोभेम्वर ३० देखि डिसेम्वर ३ सम्म चल्नेछ ।


ADVERTISEMENT

# # #


यस्तै, कोईरालाले ‘रेनमिन युनिभर्सिटी’मा समेत वक्तव्य दिने कार्यक्रम रहेको छ ।