काठमाडौं – विजयादशमीको तेस्रो दिन सर्वसाधारणको चहलपहल काठमाडौँ उपत्यकामा केही बढेको देखिएको छ ।
दसैँमा सुनसान रहेको काठमाडौँ उपत्यकामा आफन्त र मान्यजनकहाँ टीका लगाएर फर्कनेहरुको सङ्ख्या बढेसँगै चहलपहल बढेको देखिन्छ । काठमाडौँबाट लामो तथा छोटो दूरीका सवारीसाधन बिहीबारको तुलनामा शुक्रबार बढी नै सञ्चालन भएका छन् । यसबाट नागरिकलाई टीका थाप्न जानका लागि पनि सहज भएको छ । बाहिरबाट काठमाडौँ भित्रिने सवारीसाधनहरु बढेकाले सडकमा सवारी र सर्वसाधारणको चहलपहल बढेको देखिएको हो ।
त्यस्तै दशैमा बन्द रहेका बजार पसलहरु पनि क्रमश खुल्न थालेका छन् ।



























