काठमाडौँ – नेपाल सकारले अमेरिकाले दिएको झण्डै ८० अर्ब रुपैयाँ अनुदान स्वीकार्ने भएको छ ।


ADVERTISEMENT


चैत्र ३० गते (बुधबार) बसेको मन्त्रिपरिषद्को बैठकले संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय (यूएसएआईडी)लेबाट प्राप्त हुने ६५९ मिलियन अमेरिकी डलर अर्थात् ७९ अर्ब ७१ करोड रुपैयाँ अनुदान स्वीकार्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


यसअघि नेपालले अमेरिकी सहायतासम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) समेत प्रतिनिधिसभाबाट पारित गरेको थियो । एमसीसी परियोजनाका लागि नेपालले ५५५ मिलियन अमेरिकी डलर अर्थात् ६८ अर्ब १९ करोड बढी नेपली रुपैयाँ अनुदान पाउनेछ ।

यस्तै विश्व बैँक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर अर्थात् १८ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता पनि स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

यस्तै फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत आयोजनाका लागि कालीकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकाको करिब २८० रोपनी जग्गा प्राप्ती गर्न समेत स्वीकृति दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

यस्तै सशस्त्र प्रहरी बल (एपीएफ)को प्रहरी महानिरीक्षकमा अतिरिक्त प्रहरी महानिरीक्षक पुष्पराम केसीलाई बढुवा नियुक्त गर्नेसमेत निर्णय भएको छ ।

यस्तै भूमि मन्त्रालयको प्रस्तावमा कपिलवस्तुको मायादेवी गाउँपालिकालाई आधारभूत अस्पताल, गाउँपालिकाको प्रशासकीय भवन लगायतका कार्यका लागि सार्वजनिक जग्गा प्रयोग गर्न दिने निर्णय भएको छ ।

यस्तै भूमि मन्त्रालयकै प्रस्तावमा सिरहाको कर्जन्हा नगरपालिका प्रशासकीय भवन निर्माण गरी प्रयोग गर्नका लागि सार्वजनिक जग्गा प्रयोग गर्न दिने समेत निर्णय भएको छ ।