काठमाडौं – सम्पादक समाज नेपालले संस्थापक अध्यक्ष गोविन्द वियोगीको स्मृतिमा स्थापना गरिएको गोविन्द वियोगी पत्रकारिता पुरस्कार राजेन्द्र बानियाँलाई प्रदान गरेको छ ।


ADVERTISEMENT


शनिबार नुवाकोटको शिवपुरी–७ सूर्यचौरमा रहेको गोविन्द वियोगी पत्रकारीता अध्ययन केन्द्रमा आयोजित एक कार्यक्रमकाबीच कांग्रेस प्रवक्ता डा प्रकाशरण महतले बानियाँलाई उक्त पुरस्कार हस्तान्तरण गरेका हुन् ।


ADVERTISEMENT

# # #


त्यस्तै गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार राष्ट्रिय समाचार समितिका वरिष्ठ सम्पादक विष्णुप्रसाद नेपाललाई प्रदान गरिएको छ । यस वर्ष सम्पादक समाज सम्मान वरिष्ठ पत्रकार मल्ल के सुन्दर, पुरुषोत्तम दाहाल र कृष्णा ताम्राकारलाई प्रदान गरिएको छ ।

पुरस्कार प्रदान गर्दै कांग्रेस प्रवक्ता महतले लोकतान्त्रीक मूल्य मान्यतालाई स्थापित गर्न सबै गम्भीर हुनुपर्ने बताए । सम्पादक समाज नेपालका संस्थापक अध्यक्ष वियोगीको निधनपश्चात २०६२ सालमा स्थापना भएका उक्त पुरस्कारहरु हरेक बर्ष प्रदान गरिदै आएको छ ।

गोविन्द वियोगी स्मृति ट्रष्टद्वारा आयोजित उक्त कार्यक्रममा वियोगीको शालिक अनावरण तथा गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्रको भवन उद्घाटन गरिएको थियो ।