काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले अर्थमन्त्री फेर्ने कुरामा सत्यता नरहेको स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


सोमबार माओवादी केन्द्रले केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले अर्थमन्त्री फेर्ने कुनै एजेण्डा नभएको बताएका हुन् । अर्थमन्त्री फेर्ने कुरामा छलफल भएको छ ? भन्ने प्रश्नमा उनले भने, ‘होइन होइन, अहिले त्यो कुरा कहीँ चर्चामा छैन, एजेण्डामा छैन ।’


ADVERTISEMENT

# # #


अर्थमन्त्री शर्माले आफूलाई सहयोग नगरेको, राष्ट्र बैँकका महत्वपूर्ण सूचना चुहाएको भन्दै सरकारमार्फत निलम्बन गर्ने निर्णय गराएका थिए । अर्थमन्त्री जनार्दन शर्माले कार्यक्षमतामाथि सत्तारुढ दल काँग्रेसका केही नेताहरुले समेत प्रश्न उठाउँदै आएका छन् ।