हेटौँडा– बालबालिकाका लागि काम गरिरहेको सिविन बाल हेल्पलाइनले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न आग्रह गरेको छ । यसका लागि सिविनले दललाई ज्ञापनपत्र समेत बुझाएको छ । ज्ञानपत्र बुझाएसँगै अभिभावकले दलबाट बालअधिकार सुनिश्चितताको अपेक्षा राखेका छन् ।


ADVERTISEMENT


हेटौँडा उपमहानगरपालिकाकी मतदाता कौशिला बर्तौलाले दलले अब भने विगतको जस्तो विकासका नारा मात्र दिएर नपुग्ने बताउँदै सिविनले माग गरेका विषयलाई समेत समेटिदिए बालबालिकाको हितमा काम हुने बताइन् । बालबालिकालाई झण्डा बोकाएर हिँडेको हेर्न नचाहेको उनको भनाई छ ।


ADVERTISEMENT

# # #


आफ्नो इच्छाले मतदान गर्न पाउने अधिकार सुरक्षित गरिदिन र बालबालिकालाई चर्को घाममा उनीहरुले नै नबुझ्ने नारा लगाउँदै लिएर नहिडिदिन समेत उनको अपिल छ । त्यसैगरी हेटौँडा–९ की मतदाता सीता बुढाथोकीले बालबालिकालाई चुनावी नारा घोकाउँदै लिएर नहिँड्न दललाई अनुरोध रेकी छन् ।