काठमाडौँ – भवसागर इन्टरटेनमेन्टको प्रस्तुति तथा वरिष्ठ गीतकार अम्बिका गुरुङको शब्द रहेको नयाँ म्युजिक भिडिया ‘सिरिरी बतास’ सार्वजनिक भएको छ ।


ADVERTISEMENT


आज शुक्रबार सार्वजनिक ‘सिरिरी बतास’ गीतको भिडियोमा अहिलेकी बेस्त गायिका रचना रिमाल र राजन कार्कीको स्वर रहेको छ ।


ADVERTISEMENT

# # #


डान्सिङ्ग बिटको गीतमा सुधीर श्रेष्ठ र स्मारिका, समारिका ढकाल फिचर्ड छन् । गीतकार गुरुङको शब्द रहेको गीतमा राजन खतिवडाले संगीत भरेका छन् ।

गीतकार अम्बिका गुरुङले दर्जौनौं हिट गीत दिइसकेकी उनले नेपाली गीत संगीत, साहित्य र बाल मनोविज्ञानमा कलम पनि चलाउँदै आएकी छन् ।

सार्वजनिक भिडियोमा दिपक एम सिंहको कोरियोग्राफी छ, भने निर्देशन तथा सम्पादन निशान घिमिरेले गरेका हुन् ।

छायाकार मुकेश हुमागाईले भिडियोको छायाँकन गरेका हुन् । भिडियो भवसागर इन्टरटेनमेन्टको अफिसयल युट्युब च्यानलबाट आज सार्वजनिक गरिएको हो ।