काठमाडौं – भिभो भि २३ फाइभजी  उत्कृष्ट क्यामेरा क्षमताको ‘प्रिमियम फ्ल्यागशिप स्मार्टफोन’ सावित भएको छ ।  आजको विश्वमा, स्मार्टफोनले आत्मभाव प्रकट गर्ने नयाँ तरिकाहरू मार्फत हाम्रो जीवनलाई परिस्कृत गरिरहेको छ ।


ADVERTISEMENT


प्रयोगकर्ताहरूले नयाँ स्मार्टफोनमा, तस्विरहरू क्लिक गरेर, भिडियो खिचेर वा आफ्नो जीवनमा केही मूल्य थप्ने चीजहरुमार्फत आफूलाई अभिव्यक्त गर्ने उपकरण खोजिरहेका हुन्छन् । ग्लोबल स्मार्टफोन ब्रान्ड, भिभोले आफ्ना ग्राहकहरु विशेषगरी युवाहरुको आवश्यकता राम्रोसंग बुझी यसको प्रयोग गरेको छ ।


ADVERTISEMENT

# # #


स्मार्टफोनले हामी एकअर्कालाई सशक्त बनाउँनुका साथै जिज्ञासु र एक्सप्रेसिभ बनाउने भिभोको विश्वास रहेको छ । भिभोको हालै सार्वजनिक भएको भि २३ फाइभजी यसको प्रमाण हो ।

भि २३ फाइभजीले आफ्ना प्रयोगकर्ता विशेष गरी फोटोग्राफी उत्साही र सेल्फी प्रेमीहरुको जीवनलाई सहज बनाउन थुप्रै विशेषताहरू ल्याएको छ । जसले यस उपकरणलाई पिक्चर–पर्फेक्ट स्मार्टफोन बनाउँछ ।

फोनका विशेषताहरु यस प्रकार रहेका छन्ः

१) यसको अगाडि भागमा उच्च–रिजोल्युसनको ५० एमपी पोट्र्रेट सेल्फी क्यामेरा रहेको छ जसले अनुकुल प्रकाशमा उल्लेखनीय रूपमा उच्च सार्पनेश प्रदान गर्दछ ।

२) जूम इन वा क्रप गर्दा पनि, सेल्फीको गुणस्तरमा केही कमी आउँदैन । धेरै पटक सेल्फीहरू क्लिक गरिरहँदा प्राय मुहारको आकृति, आखीभौं, परेलाहरू लगायत धमिलो देखिन्छन् तर भि२३ फाइभजीबाट सेल्फी लिँदा ती सधैं स्पष्टसंग देखिन्छ ।

३) यसको फ्रन्ट क्यामेरामा आँखा अटोफोकस विशेषता छ जसले प्रयोगकर्ताहरूलाई आकर्षणको केन्द्रबिन्दु बनाउँदछ ।

४) फोनले स्वचालित रूपमा लक गर्न सक्छ र हलचल गरिरहँदा पनि आँखाहरूमा फोकस कायम राख्न सकिन्छ ।