काठमाडौँ – वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधार हुँदै छ ।


ADVERTISEMENT


मूत्र प्रणालीमा सङ्क्रमण र मुटुको चालमा गडबडी देखिएपछि अस्पताल भर्ना भएका जोशीमा देखिएका संक्रमणहरु कम भइसकेको किस्ट अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक प्रा डा सुरज बज्राचार्यले जोशी संक्रमणमुक्त भइसकेको र कमजोरीमात्र देखिएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनले केही समयमा नै डिष्चार्ज गरिने बताए । जोशी एक सातादेखि किस्ट अस्पतालमा उपचाररत छन् ।