काठमाडौँ– चुनावको मिति नजिकिदै जादा मोरङ क्षेत्र न ६ का कांग्रेसका उम्मेदवार डा शेखर कोइराला प्रतिस्पर्धी वामगठबन्धका उम्मदेवार भन्दा निक्कै वलियो देखिदै गएका छन । केही दिन यता डा शेखरको पक्षमा चुनावी माहौल हवात्तै बढेको छ ।


ADVERTISEMENT


राजनीतिक पर्यवेक्षकहरुले प्रतिस्पर्धी एमालेका उम्मेदवार लालवावु पण्डित भन्दा ५ हजार ५ सय मत अन्तरमा विजयी हुने प्रक्षेपण गरेका छन । राष्ट्रिय राजनीतिमा ठूलै प्रभाव राख्न सक्ने क्षमता रहेका डा कोइरालालाई यस क्षेत्रका मतदाताले भावी प्रधानमन्त्रीको रुपमा उभ्याएपछि माहौल डा शेखरको पक्षमा बढेको देखिएको हो ।


ADVERTISEMENT

# # #


राजनीतिक पर्यवेक्षक दधिराज सुवेदीले उम्मेदवारको क्षमता , हैसियत र पार्टी प्रवेश गर्नेहरुको पछिल्लो लहरले डा शेखर निक्कै वलियो देखिएको बताए । सुवेदीका अनुसार डा शेखरले चुनाव जित्न धेरै मेहनत गरि रहनु पर्ने अवस्था छैन । डा शेखरले मोरङ ६ को विकासको लागी प्रतिवद्धता गरेको चुनावी घोषणा पत्रले घेरै मतदातालाई लोभ्याएकाले पनि उनको पक्षमा लहर बढेको देखिन्छ ।

‘यस क्षेत्रबाट डा शेखरलाई जिताएर भावी प्रधानमन्त्रीको रुपमा हेर्न चाहेका छौ’ कांग्रेसमा भर्खरै प्रवेश गरेका विराटनगर —४ का जलन चौधरीले भने । बाढी आएको समयमा डा शेखरले पिडितहरुलाई गरेको सहयोगले पनि उनको पक्षमा माहौल बढेको देखिन्छ । मोरङ ६ मा केही दिन यतादेखी कांग्रेस प्रवेश गर्नेहरुको लहरनै चलेको छ ।

अधिकांश संघीय समाजवादी फोरम नेपाल र एमालेका कार्यकर्ता कांग्रेस प्रवेश गरिरहेका छन । मंगलवार विहान विराटनगर—१२ स्थित राजवंशी टोलको दुर्गा मन्दिरमा एकै पटक २ सय ५० जना कांग्रेसमा प्रवेश गरे । १२ नम्वर वडाका काग्रेस वुथ सभापति हरि नारायण यादवले विराटनगर—४ वडाको इर्काहीबाट सोमवार राती संघीय समाजवादी फोरम परित्याग गरि २ सय ५० जना कांग्रेसमा प्रवेश गरेको बताए । त्यस्तै मंगलवारनै ५ नम्वर वडाबाट ५० जना कांग्रेसमा प्रवेश गरेका छन ।
नवप्रवेशीहरुलाई डा शेखरले फुल , माला र अविर लगाएर स्वागत गरे । यो प्रवेशले कांग्रेसलाई धेरै उत्साहित बनाएको छ डा शेखरले प्रतिक्रिया दिदै भने ‘मेरो विजय सुनिश्चित भैसकेको छ ।’ डा शेखरको समर्थन गर्दै कांग्रेसमा प्रवेश गर्नेहरुको लहर केही दिन यता चलेको हो । दुई साताको अवद्यीमा १ हजार भन्दा बढी विभिन्न पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरिसकेका छन ।

यसैपनि मोरङ ६ कांग्रेसको पकड क्षेत्रनै मानिन्छ । यस क्षेत्रमा फोरम लोकतान्त्रिको समेत वाहुल्यता छ । स्थानीय निर्वाचनमा कांग्रेस र फोरम लोकतान्त्रिले प्राप्त गरेको मत मिलाउदा डा शेखर स्पर्धी वामगठबन्धनका उम्मेदवार लालवावु पण्डित भन्दा १ हजार ७ सय मत अन्तरको अग्रतामा छन । विभिन्न पार्टी परित्याग गरि कांग्रेस प्रवेश गर्नेहरुको लहरले डा कोइरालालाई थप मजवुत पारेको छ ।

त्यसो त राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विराटनगर आएर डा कोइरालालाई विजय गराउन आफ्ना कार्यकर्ताहरुलाई रुखमा भोट हाल्न सार्वजनिक रुपमै अपिल गरिसकेका छन । स्थानीय निर्वाचनमा राप्रपाले मोरङ ६ वाट २ हजार ८ सय मत प्राप्त गरेको थियो । संयुक्त लोकतान्त्रिक गठबन्धनको मतले डा कोइराला स्पर्धी उम्मदेवार भन्दा ४ हजार ३ सय ठूलो अन्तरले अग्रतामा छन ।

पार्टी परित्याग गरि आउनेको संख्या बढदै गएकोले मोरङ क्षेत्र न ६ वाट डा शेखर स्पर्धी उम्मेदवार भन्दा ५ हजार ५ सय मत अन्तर विजयी हुने प्रक्षेपण छ ।