काठमाडौँ– ग्लोबल आइएमइ बैंकले संस्थाभित्रैबाट प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ। डेपुटी प्रमुख कार्यकारी हुँदै कामु सिइओ बनेका जनक शर्मा पौड्याललाई बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो।


ADVERTISEMENT


अनिल ज्ञवालीले दुई बर्ष कार्यकाल बाँकी छँदै बैंक छाडेपछि पौड्याल काम प्रमुख कार्यकारी नियुक्त भएका थिए। गत भदौ २९ गते कामु सिइओ भएका पौड्याललाई बुधबारबाट पूर्ण सिइओ बनाइएको हो।


ADVERTISEMENT

# # #


३० बर्ष बैंकिङ क्षेत्रमा बिताएका पौड्यालले नबिल बैंकबाट करियर सुरु गरेका हुन्। उनले सन् १९८७ मा इन्ट्रि लेभलबाट करियर सुरु गरेका हुन्। नबिलमा ११ बर्ष काम गरेपछि उनी एनआइसी बैंक (अहिलेको एनआइसी एसिया) गएका थिए।

एनआइसी स्थापनामा सक्रिय भूमिका खेलेका पौडेलले त्यहाँ पाँच बर्ष काम गरेपछि लक्ष्मी बैक स्थापनाको प्रकृया थाल्न त्यता गए। लक्ष्मी बैंकमा एक बर्ष काम गरेपछि पौड्याल अध्ययनका लागि लण्डन गए। लण्डनमा अध्ययनसँगै त्यहाँको बैंकमा पनि काम गरेको अनुभव पौडेलसँग छ। उनले त्यहाँ साढे चार बर्ष काम गरेका थिए।

ग्लोबल आइएमइ बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग लण्डनमै चिनजान भएकाले उनी काठमाण्डौं फर्केर ग्लोबल बैंकको ब्यवस्थापनमा करारमा भित्रिए। ग्लोबल बैंकमा उनी सहायक महाप्रबन्धकका रुपमा भित्रिएका थिए। ग्लोबलको सहायक महाप्रबन्धक हुँदै उनी बुधबारबाट प्रमुख कार्यकारी अधिकृत बनेका हुन्।