काठमाडौं । भारतीय चर्चित गायक इन्डियन आइडल २०२१ विजेता पवनदीप राजनलाई आज लर्ड अफ ड्रिंक्स (एलओडी) ठमेलमा सुन्न सकिनेछ । पवनदिपले एलओडी ठमेलमा बिशेष सांगीतिक प्रस्तुती दिनेछन् ।


ADVERTISEMENT


पवनदिपले हिजो याक एण्ड यतीमा भएको कार्यक्रममा जोडदार प्रस्तुती दिए । पवनदिपले लोकप्रिय चर्चित भारतीय गीत गाएका थिए भने उनले नेपाली गीत समेत गाएर सम्पूर्ण अतिथि एवं उपस्थितहरुलाई नचाए ।


ADVERTISEMENT

# # #


कार्यक्रम ब्यबस्थापन गरेको ३६५ इभेन्टस् एण्ड मिडियाका अनुसार आज एलओडी ठमेलमा हुने सांगीतिक प्रस्तुतीको सिमित टिकट मात्र रहेको र पवनदिपलाई सुन्न मनपराउनेहरुले आइ एमई पे वालेट मार्फत टिकट खरिद गर्न सकिने बताए ।

३६५ इभेन्टस् एण्ड मिडियाका प्रमुख कार्यकारी अधिकृत नारायण आचार्य (ह्यापी) ले टिकट लर्ड अफ ड्रिंक्स (एलओडी) ठमेल साथै ३६५ इभेन्टस् एण्ड मिडियामा सम्पर्क गरेर खरिद गर्न सकिने बताए ।

आयोजकका अनुसार २५ सय र ३ हजार दरको टिकट राखिएको र उक्त टिकटबाट उठेको रकम रोटरी क्लबले सामाजिक कार्यका लागि सहयोग गर्नेछ । चर्चित गायक पवनदीपले आज विभिन्न धार्मिक स्थलहरूको समेत अवलोकन गरेको आयोजकले बताए ।