बुटवल – बुटवलमा ठूलो परिमाणमा सुनचाँदी चोरी भएको छ । बुटवल उपमहानगरपालिका ६ विपि चोकमा रहेको कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसलबाट २ किलो सुनका तयारी गहनासहित २३ तोला काँचो सुन र नगद ५ लाख रुपैयाँ चोरी भएको रुपन्देही प्रहरीले बताएको छ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी नवरत्न पौडेलले गएराति सुनचाँदी पसल फोडी सुनका गरगहनासहित नगद चोरी भएको बताए। पसल संचालक डिलबहादुर सुनारका अनुसार रातको समयमा वेल्डिङ्ग मेसिनको प्रयोग गरी तालाचावी फुटाएर पसलका गरगहना र नगद चोरी गरिएको बताए।


ADVERTISEMENT

# # #


चोरी गर्ने व्यक्ति सीसीटिभी फुटेजमा स्पष्ट देखिएको र योजनाबद्ध रुपले चोरी गरिएको दाबी सुनारले गरेका छन् । साँझ पसल बन्द गरेर घर गएका पसल संचालकहरूले बिहान बल्ल चोरीको घटना थाहा पाएर प्रहरीलाई जानकारी गराएका थिए ।