काठमाण्डौं-इंग्लिस प्रिमिर लिग फुटबलको लिडर म्यानचेस्टर सिटीले लिगमा लगातार १२ औं जित दर्ता गर्दै नयाँ कीर्तिमान बनाएको छ ।


ADVERTISEMENT


लिगमा क्लबको कीर्तिमानी बनाउने क्रममा ‍सिटीले बुधबार राति साउथह्याम्पटनलाई २–१ ले हरायो । यो कीर्तिमानी जितमा इन्जुरी समयको छैटौं मिनेटमा रहिम स्ट्रर्लिङले गरेको गोल नै निर्णायक बन्यो ।


ADVERTISEMENT

# # #


पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलमा ४७ औं मिनेटमा केविन डि ब्राउनले गोल गर्दै घरेलु टोली म्यानचेस्टर सिटीलाई अग्रता दिलाएका थिए । खेलको ७५ औं मिनेटमा रोमेउले साउथह्याम्पटनका लागि गोल फर्काएपछि खेल बराबरीमा आयो ।

इन्जुरी समयको छैटौं मिनेटमा स्ट्रर्लिङले निर्णायक गोल गरेपछि म्यानचेस्टर सिटीले क्लबको इतिहारमा कीर्तिमानी १२ औं जित निकाल्न सफल भयो । गएरातिको जितसँगै सिटीले दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडसँगको अंक दूरी फेरि ८ पुर्‍याएको छ ।

सिटीको १४ खेलबाट ४० अंक भएको छ भने युनाइटेडको समान खेलबाट ३२ अंक छ । १४ खेलबाट १६ अंकसहित साउथह्याम्पटन ११ औं स्थानमा छ । यस्तै २९ अंकसहित चेल्सी तेस्रो र २८ अंकसहित आर्सनल चौथो स्थानमा छन् ।